बंगालको खाडीमा उत्पत्ति भएको चक्रवाती तुफान फेंगल आज (शनिबार) भारतीय राज्य तमिलनाडु र पुडुचेरीको तटीय क्षेत्रमा बज्रिने सम्भावना छ।
भारतीय सञ्चारमाध्यमका अनुसार तमिलनाडुका धेरै भागमा भारी वर्षा भइरहेको छ र राज्यको महाबलिपुरम तटमा समुद्रमा उच्च छाल देखिएका छन्।
प्रदेश सरकारले विद्यालय तथा कलेजमा बिदा दिँदै माछा मार्नेहरूलाई समुद्रमा नजान चेतावनी दिएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार, "यो तुफान पश्चिम र उत्तर-पश्चिमतर्फ सर्नेछ। शनिबार यो पुडुचेरीनजिकै कराइकल र महाबलिपुरमबीचको उत्तरी तमिलनाडु-पुडुचेरी तट हुँदै जानेछ।"
180
Shares

प्रतिक्रिया