ग्लोबल


भाजपा नेता देवेन्द्र फडणविस महाराष्ट्रको नयाँ मुख्यमन्त्री

भाजपा नेता देवेन्द्र फडणविस महाराष्ट्रको नयाँ मुख्यमन्त्री

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १३:५४, काठमाडौँ

भारतीय जनता पार्टी (भाजपा) का नेता देवेन्द्र फडणविस महाराष्ट्रको नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार आज (बुधबार) साँझसम्म महायुती गठबन्धनका नेताहरूले फडणविसको नेतृत्वमा सरकार गठनको दाबी पेस गर्ने छन्।

यसअघि आजै भाजपाले फडणविसलाई विधायक दलको नेता चयन गरिसकेको छ। 

अब उनले महाराष्ट्रको ३१औँ मुख्यमन्त्रीका रूपमा शपथ भोलि डिसेम्बर ५ मा मुख्यमन्त्री पदको शपथ खानेछन्। शपथ समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन्।

हालै सम्पन्न महाराष्ट्र विधानसभा चुनावमा भाजपाले १३२ सिट, शिवसेनाले ५७ सिट र एनसीपीले ४१ सिट जितेका छन्। 

गत नोभेम्बर २० मा महराष्ट्रका २८८ विधानसभा सिटका लागि मतदान भएको थियो र नोभेम्बर २३ मा मतगणना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad