ग्लोबल


सिरियाबाट कहाँ भागे राष्ट्रपति बसर अल असद?

सिरियाबाट कहाँ भागे राष्ट्रपति बसर अल असद?

फाइल तस्बिर: सिरियाका राष्ट्रपति बसर अल असद


नेपालखबर
मंसिर २३, २०८१ आइतबार २०:२५, काठमाडौँ

सिरियाको विद्रोही समूह राजधानी दमास्कस प्रवेश गरेपछि राष्ट्रपति बसर अल असदले देश छाडेका छन्। 

तर, उनी कहाँ गए भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन।

यद्यपि के अनुमान गरिएको छ भने राष्ट्रपति बसर अल असद संयुक्त अरब इमिरेट्स (यूएई) मा छन् वा त्यहाँ  शरण लिन सक्छन्। 

यसैबीच यूएईका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गासले सिरियाली राष्ट्रपति यूएईमा छन् वा छैनन् भन्ने कुरा आफूलाई थाहा नभएको बताएका छन्।

बहराइनको राजधानी मनामामा पत्रकारहरूसँग कुरा गर्दै अनवर गर्गासले असदले यूएईमा शरण लिन सक्ने अनुमानमा टिप्पणी गर्न अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad