ग्लोबल


खामेनीको आरोप : अमेरिका र इजरायलको षड्यन्त्रले सिरियाको सत्ता ढल्यो

खामेनीको आरोप : अमेरिका र इजरायलको षड्यन्त्रले सिरियाको सत्ता ढल्यो

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १५:१७,

 इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले सिरियामा बसर अल असदको शासन ढल्नुमा अमेरिका र इजरायलको हात रहेको बताएका छन्।

खामेनीले टर्कीको नाम नलिई उसलाई पनि दोष दिएका छन्।

‘सिरियामा जे भयो, त्यो अमेरिकी र यहुदीवादी योजनाको नतिजा थियो। यसमा कुनै सन्देह छैन,’ खामेनीको भनाइ इरानको तस्निम समाचार एजेन्सीले उधृत गरेको छ।

‘हो, सिरियाको एउटा छिमेकी सरकारले पनि यसमा भूमिका खेल्यो, खेल्दैछ। सबैले देखेका छन्। तर, मुख्य षड्यन्त्रकारी, मास्टरमाइन्ड र कमान्ड सेन्टर अमेरिका र यहुदीवादी सत्तामा छ,’ उनले भनेका छन्।

यसको प्रमाण पनि आफूहरूसँग रहेको उनको दाबी छ।

केही दिनयता इजरायलले सिरियामा लगातार बमबारी गरिरहेको छ। जसका कारण सामान्य हुँदै गएको जनजीवनमा त्रास बढेको बताइएको छ।

सिरियाली सहरहरूमा बुधबार पसलहरू खुलेका छन् भने मानिसहरू काममा फर्किन थालेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad