सिरियाका विद्रोहीले सत्ताच्युत शासक बसर अल असदका बाबु हाफिज अल असदको कब्रिस्तानमा तोडफोड गरेका छन्।
उनीहरूले कब्रिस्तानमा आगजनी गरेर तस्बिर समेत खिचाएका छन्।
हाफिज अल असदको सन् २००० मा मृत्यु भएको थियो। उनको अन्तिम संस्कार उनीहरूको पुर्ख्यौली गाउँ करदहमा गरिएको थियो।
यो स्थान लताकियानजिकै पर्छ।
त्यहाँबाट एक कफिनसमेत निकालेर आगो लगाइएको बताइएको छ।
यसअघि देशभरि उनको सालिक तोडफोड गरिएको थियो।
सिरियामा करिब ३० वर्ष शासन गरेका हाफिजबाट सत्ताको बागडोर असदको हातमा आएको थियो।

२४ वर्ष शासन गरेपछि असदको सत्ता आश्चर्यजनक ढंगले पतन भएको थियो। एजेन्सी
63
Shares

प्रतिक्रिया