ग्लोबल


सिरियामा सरकार ढाल्ने विद्रोहीसँग सम्पर्कमा रहेको अमेरिकाद्वारा पहिलोपटक स्वीकार

सिरियामा सरकार ढाल्ने विद्रोहीसँग सम्पर्कमा रहेको अमेरिकाद्वारा पहिलोपटक स्वीकार

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन


नेपालखबर
मंसिर ३०, २०८१ आइतबार ७:३०, काठमाडौँ

अमेरिकाले सिरियामा बसर अल असदको सरकारलाई पतन गर्ने विद्रोही समूह हयात तहरिर अल-शाम (एचटीएस) सँग प्रत्यक्ष सम्पर्कमा रहेको पहिलोपटक स्वीकार गरेको छ।

बीबीसीका अनुसार अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जोर्डनमा त्यस्तो बताएका हुन्। ‘हामी एचटीएस र अन्यसँग सम्पर्कमा छौँ’, उनले भने।

तर, अमेरिकाले हयात तहरिर अल-शामलाई आतंकवादी संगठन घोषणा गरेको छ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीले क्षेत्रीय शक्तिहरूले सिरिया 'अराजकताको अवस्थामा' पुगोस् भन्ने नचाहेको बताएका छन्।

हालै सिरियामा एचटीएसको नेतृत्वमा विद्रोही समूहले बसर अल-असदको सरकारलाई हटाएको छ। जसका कारण सिरिया स्वतन्त्र भएको घोषणा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad