ग्लोबल


गाजामा इजरायली हवाई आक्रमणमा मेयरसहित २० जनाको मृत्यु

गाजामा इजरायली हवाई आक्रमणमा मेयरसहित २० जनाको मृत्यु

नेपालखबर
मंसिर ३०, २०८१ आइतबार १०:२, काठमाडौँ

गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा २० जना प्यालेस्टाइनीको मृत्यु भएको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासका अनुसार मृतकमा मध्य गाजामा अवस्थित देर अल-बालाह सहरका मेयर पनि छन्।

जहाँ १३ जनाको मृत्यु भयो भने गाजाको एक विद्यालयमा एक महिला र उनको बच्चासहित सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवानले हालै गाजामा युद्धविराम सम्झौताको आशा व्यक्त गरेका बेला यो हमला भएको हो।

गत वर्ष अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो र त्यसमा १२ सय इजरायली मारिएका थिए।

त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थाल्यो।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad