आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको प्रतिष्ठित कम्पनी ओपनएआईका अनुसन्धानकर्ता सुचिर बालाजी मृत फेला परेका छन्।
बीबीसीका अनुसार उनी अमेरिकाको सान फ्रान्सिस्कोस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेको स्थानीय प्रशासनले जानकारी दिएको हो।
सुचीरको सोधखोज गर्दै फोन आएपछि अनुसन्धान गर्दा २६ वर्षका उनी गत नोभेम्बर २६ मा शव फेला परेको प्रहरीले जनाएको छ।
सान फ्रान्सिस्कोका चिकित्सकले भने सुचिर बालाजीको मृत्युको कारण आत्महत्या भएको घोषणा गरेका छन्।
सुचिर बालाजीले हालैका महिनामा धेरैपटक ओपनएआईविरुद्ध सार्वजनिक रूपमा बोलेका थिए।
त्यसयता कम्पनीले डेटा संकलन गर्ने विधिका विषयमा धेरै मुद्दाको सामना गरिरहेको छ।
गत अक्टोबरमा सुचिर बालाजीले न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिएका थिए। जसमा उनले ओपनएआईले अमेरिकाको प्रतिलिपि अधिकार कानुनको उल्लंघन गरेको आरोप लगाएका थिए।
Shares

प्रतिक्रिया