ग्लोबल


सिरियाली विद्रोही नेताले महिलासँग फोटो खिच्दा भयो विवाद

सिरियाली विद्रोही नेताले महिलासँग फोटो खिच्दा भयो विवाद

सिरियाली विद्रोही नेता अहमद अल-शराले एक महिलालाई आफूसँग फोटो खिच्नुअघि आफ्नो टाउको छोप्न भनेका थिए।


नेपालखबर
पुस ७, २०८१ आइतबार ९:४०, काठमाडौँ

सिरियाली विद्रोही नेता अहमद अल शराले एक महिलालाई आफूसँग फोटो खिच्नुअघि टाउको छोप्न लगाएको विवादलाई खारेज गरेका छन्।

गत साताको यो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

विद्रोहीले सिरिया आफ्नो नियन्त्रणमा लिएपछि देशको भविष्यबारे चलिरहेको अनुमानबीच उदार र संकीर्ण विचारधाराका टिप्पणीकारहरूबाट तीखा प्रतिक्रिया आइरहेका छन्।  

सुन्नी इस्लामिक समूह हयात तहरिर अल शाम (एचटीएस) का प्रमुख अहमद अल शराले महिलालाई फोटो खिच्नुअघि आफ्नो टाउको छोप्न भनेका थिए।

उदारवादी खेमाले यसलाई सिरियामा बसर अल असद सरकारको पतनपछि इस्लामिक प्रणाली लागू गरेको रूपमा हेर्छ।

कट्टरपन्थी संकीर्ण समूहले भने अहमद अल शरालाई पहिलोपटक महिलासँग फोटो खिचेकामा आलोचना गरिरहेको छ।

बीबीसीका जेरेमी बोवेनसँगको अन्तर्वार्तामा शराले भने, ‘मैले उनलाई जबरजस्ती गरेको होइन। तर यो मेरो व्यक्तिगत स्वतन्त्रता हो। म आफूलाई जस्तो मन लाग्छ त्यस्तै फोटो खिच्न चाहन्छु।’

उनीसँग तस्बिर खिचाएकी महिला लिया खैराल्लाहले पनि यो अनुरोधमा आफूलाई कुनै समस्या नभएको बताएकी छन्।

उनले शराले आफूलाई धेरै ‘विनम्र र बुबाको रूपमा’ अनुरोध गरेको बताएकी छन्। 

तर, यो घटनाले सिरियाजस्तो धार्मिक विविधता भएको देशलाई एकताबद्ध गर्नका भावी नेताले कस्तो समस्या भोग्नुपर्ने हुन्छ भन्ने देखाएको छ।

सिरियामा बहुसंख्यामा सुन्नी समुदाय छ भने बाँकी इसाई, अलावाइट, ड्रुज छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad