कजाकस्तानमा बुधबार दुर्घटना भएको विमानका ६७ मध्ये २५ जनाको जीवितै उद्धार गरिएको अधिकारीहरूले बताएका छन्।
२५ मध्ये २२ जनालाई अस्पताल भर्ना गरिएको उनीहरूको भनाइ छ।
अजरबैजान एयरलाइन्सको सो विमान बाकुबाट रुसको चेचेन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो।
अकातु सहरनजिकै सो विमानले आपतकालीन अवतरणको प्रयास गरेको थियो।
दुर्घटनाको कारण खुलेको छैन।
तर, सार्वजनिक भिडिओमा सो विमान तीव्र गतिमा ल्यान्डिङ गियर खोलेर जमिनमा धस्सिएको देखिन्छ।
अवतरणको कोसिस लगत्तै विमानमा ठूलो आगोको मुस्लो उठेको थियो।
विमान ६२ यात्रु र ५ चालक दलका सदस्य थिए। एजेन्सी
753
Shares

प्रतिक्रिया