भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका छन्। बिहीबार साँझ अस्पतालको आकस्मिक कक्षमा उनलाई भर्ना गरिएको हो।
उनको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
यद्यपि, उनी अस्पताल भर्ना हुनुको कारण भने खुलाइएको छैन।
सिंह ९२ वर्षका भए। यो वर्षको सुरुवातदेखि नै उनी बिरामी परिरहेका छन्। जसका कारण उनी सार्वजनिक कार्यक्रमहरुमा देखिएका छैनन्।
यसअघि पछिल्लोपटक गत जनवरीमा छोरीको पुस्तक सार्वजनिकीकरण कार्यक्रममा सहभागी भएका थिए।
भारतको आर्थिक सुधारका ‘आर्किटेक्ट’ले राजनीतिबाट लिए सन्न्यास
गत अप्रिलदेखि उनी राज्य सभा सदस्यको पदबाट अवकाश भएका थिए। एजेन्सी
204
Shares

प्रतिक्रिया