जम्मु-कस्मिरकी चर्चित इनफ्लुएन्सर (सामाजिक सञ्जालमा प्रभाव जमाएका व्यक्ति) तथा रेडियो जकी सिमरन सिंह आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार उनी गुरुग्राम सेक्टर ४७ मा रहेको आफ्नै फ्ल्याटमा बुधबार राति झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
उनले आत्महत्या गरेको भए पनि घटनास्थलमा कुनै सुसाइड नोट फेला नपरेको प्रहरीले जनाएको छ।
सिमरनको इन्स्टाग्राममा ६ लाखभन्दा बढी फलोअर्स छन्।
उनको निधनमा शोक व्यक्त गर्दै जम्मु-कस्मिर नेसनल कन्फ्रेन्सले आफ्नो एक्समा पोस्ट गरेको छ।
2.4k
Shares

प्रतिक्रिया