डोनाल्ड ट्रम्पले जनवरी २० मा अमेरिकी राष्ट्रपतिको शपथ खाँदै छन्। तर, आफ्नो शपथमा देशको झण्डा आधा झुक्ने भएपछि उनले गुनासो गरेका छन्।
खासमा पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनका कारण अमेरिकी झण्डा आधा झुक्ने भएको हो।
२९ डिसेम्बरमा उनको निधनकै दिन राष्ट्रपति जो बाइडेनले ३० दिनसम्म झण्डा आधा झार्न आदेश दिएका थिए।
आफ्नो शपथमा झण्डा आधा झुक्ने भएपछि डेमोक्र्याटहरु खुसी भएको ट्रम्पको आरोप छ।
‘मेरो शपथका क्रममा अमेरिकी झण्डा सम्भवतः आधा झुक्ने भएपछि डेमोक्र्याटहरु खुब उत्साहित छन्,’ ट्रम्पले ट्रुथमा लेखेका छन्, ‘उनी मक्ख छन् किनकि उनीहरु हाम्रो देशलाई माया गर्दैनन्। उनीहरु आफैँबारे मात्र सोच्छन्।’
पहिलोपटक राष्ट्रपतिको शपथका बेला झण्डा आधा झुक्ने भन्दै उनले कुनै पनि अमेरिकीले यस्तो देख्न नचाहेको बताएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया