भारतीय कोस्ट गार्डको हेलिकप्टर आइतबार गुजरातको पोरबन्दर विमानस्थलमा दुर्घटना भएको छ।
पोरबन्दरका प्रहरी उपरीक्षक भगीरथ सिंह जडेजाका अनुसार नियमित उडान सकेर हेलिकप्टर पोरबन्दर विमानस्थलमा अवतरण गर्ने क्रममा दिउँसो १२ः१० बजे दुर्घटना भएको हो।
हेलिकप्टरमा चालक दलका तीन सदस्य थिए। घाइते अवस्थामा पोरबन्दर अस्पताल लगिएका तीनै जनालाई चिकित्सकले मृत घोषणा गरेको उनले बताए।
उनले भने, "हेलिकप्टर कसरी दुर्घटना भयो त्यो अनुसन्धानको विषय हो, प्रहरी र तटरक्षकले संयुक्त रूपमा घटनाको अनुसन्धान गर्नेछन्।"
144
Shares

प्रतिक्रिया