ग्लोबल


अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी, मानिसहरूको भागाभाग

अमेरिकाको लस एन्जलसको जंगलमा भीषण आगलागी, मानिसहरूको भागाभाग

आगो केही घण्टामै १२ सय एकड क्षेत्रमा फैलिएको छ।


नेपालखबर
पुस २४, २०८१ बुधबार ७:५१, काठमाडौँ

अमेरिकास्थित लस एन्जलसको जंगलमा भीषण आगलागी भइरहेको छ।

बीबीसीका अनुसार २० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको छ।

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले यहाँबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताएका छन्। यस वनको आगलागीबाट १३ हजार भवन जोखिममा छन्।

केही भिडिओ फुटेजले प्यासिफिक पालिसेड क्षेत्रका घरहरू नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देखाउँछ। यहाँ बसोबास गर्ने मानिसहरु आफ्नो घर र सवारीसाधन छाडेर भागेको देखिन्छ।

क्यालिफोर्नियामा लाखौं मानिसहरूका लागि चेतावनी जारी गरिएको छ। आगो अझै फैलिने खतरा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad