ग्लोबल


डढेलोबाट लस एन्जलसमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो, नेपालीहरू सुरक्षित

डढेलोबाट लस एन्जलसमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो, नेपालीहरू सुरक्षित

पालिसेड्स क्षेत्रको आगलागीमा पानी खसालेको नियाल्दै अग्निनियन्त्रकहरू। तस्बिरः एपी


नेपालखबर
पुस २९, २०८१ सोमबार १३:१८, काठमाडौँ

अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस सहरमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या अहिलेसम्म २४ पुगेको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अझ ठूलो हावाहुरीको चेतावनी मौसम पूर्वानुमानकर्ताहरूले दिएसँगै त्यहाँ लागेको आगो झन फैलिने ठानिएको छ। एक साता पुग्न लाग्दा पनि आगो नियन्त्रणमा उल्लेख्य प्रगति नभएको बताइएको छ। 

डढेलोबाट अहिलेसम्म करिब २७५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको छ। 

यसैबीच क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालले डढेलोबाट अहिलेसम्म नेपालीहरू सुरक्षित रहेको जानकारी नेपालखबरलाई दिए। 

‘लस एन्जलस क्षेत्रमा रहेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ,’ ढकालले भने, ‘आगलागी छैटौं दिनमा प्रवेश गरेको छ। नियन्त्रणको प्रयास खासै राम्रो हुनसकेको छैन।’

उनका अनुसार क्यालिफोर्नियाको अल्टाडेना क्षेत्रको १४ हजार ११७ एकड क्षेत्रमा डढेलो लागिरहेको र अहिलेसम्म २७ प्रतिशत डढेलोमात्रै नियन्त्रणमा आएको छ।

त्यस्तै लस एन्जलस सहरको २३ हजार ६५४ एकड क्षेत्रमा डढेलो लागिरहेकोमा ११ प्रतिशत मात्र नियन्त्रणमा आएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad