ग्लोबल


बंगलादेशको भ्रष्टाचार प्रकरणमा मुछिएकी बेलायती मन्त्रीले दिइन् राजीनामा

बंगलादेशको भ्रष्टाचार प्रकरणमा मुछिएकी बेलायती मन्त्रीले दिइन् राजीनामा

नेपालखबर
माघ २, २०८१ बुधबार १५:४४,

बंगलादेशको भ्रष्टाचार प्रकरणमा मुछिएपछि बेलायतकी मन्त्री ट्युलिप सिद्दिकले राजीनामा दिएकी छन्।

जुलाईमा लेबर पार्टीले चुनाव जितेर सरकार बनाएका प्रधानमन्त्री किअर स्टार्मरका निकट सहयोगी उनी राजीनामा दिने दोस्रो मन्त्री हुन्।

आफूले पदमा निरन्तरता दिँदा सरकारको ध्यान भड्काउने प्रयास हुने भन्दै उनले राजीनामा दिएकी हुन्।

बंगलादेशमा शेख हसिनाको सरकारले एउटा परियोजनामा झण्डै ४ अर्ब पाउन्ड घोटाला गरेको आरोपमा उनको नाम मुछिएको थियो।

उनी बंगलादेशबाट सत्ताच्यूत भएकी शेख हसिनाकी बहिनी रेहानाकी छोरी हुन्। उनी बेलायती ट्रेजरीको इकोनोमिक सेक्रेटरी थिइन्। उनी बेलायतको वित्त बजारमा हुने भ्रष्टाचार निवारणका लागि जिम्मेवार थिइन्।

सन् २००४ मा ठूलीआमा हसिनाको पार्टी अवामी लिगसँग सम्बन्ध भएका एक डेभलपरले उनलाई लन्डनमा दुई बेडरुमको फ्ल्याट दिएको, अवामी लिगसँग सम्बन्ध भएका घरहरूमा उनी बसेको जस्ता आरोप लाग्दै आएका थिए।

हालै बंगलादेशमा अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले सिद्दिकले बंगलादेशको ‘लुटपाट’बाट फाइदा लिएको हुनसक्ने आरोप लगाएका थिए।

उनीमाथि २०१३ मा बंगलादेशमा रुसको सहयोगमा आणविक भट्टी स्थापनाका लागि सम्झौता हुँदा ठूलो रकम घुस लिएको आरोप पनि छ।

त्यसपछि उनलाई राजीनामाका लागि दबाब बढेको थियो। तर, उनले आफूले कुनै गलत काम नगरेको दाबी गरेकी छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad