ग्लोबल


गाजाको युद्धविराम टिक्नेमा विश्वस्त छैन : ट्रम्प

गाजाको युद्धविराम टिक्नेमा विश्वस्त छैन : ट्रम्प

नेपालखबर
माघ ८, २०८१ मंगलबार १५:३७,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको युद्धविराम सम्झौता टिक्नेमा आफू विश्वस्त नरहेको बताएका छन्। यद्यपि, इजरायल र हमासबीच सो सम्झौता गराउन उनले पनि भूमिका खेलेका थिए।

‘म विश्वस्त छैन। यो युद्ध हाम्रो होइन, उनीहरुको युद्ध हो। तर म विश्वस्त छैन। अर्को पक्ष निकै कमजोर भएको जस्तो लाग्छ,’ ट्रम्पले सोमबार भने। 

‘मैले गाजाको तस्बिर हेरे। गाजा विशाल भग्नावशेषजस्तो देखिन्छ। यो ठाउँ अलग तरिकाले पुनर्निर्माण हुने छ,’ उनले थपे।

गाजामा युद्धविराम गराउन ट्रम्प र बाइडेन दुवैले सहकार्य गरेका थिए। त्यसको जसमा दुवैले दाबी गरेका थिए। 

उनले अब गाजाको शासन सञ्चालनमा हमास सहभागी हुन नहुने संकेत पनि गरे। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad