ग्लोबल


कसले किन्लान् त टिकटक?

कसले किन्लान् त टिकटक?

नेपालखबर
माघ १२, २०८१ शनिबार ९:३७, काठमाडौँ

मिस्टरबिस्टको नामले पनि चिनिने जिमी डोनाल्डसनले अमेरिकामा टिकटक किन्न आफूले बोलकबोल गरेको आफ्ना लाखौँ टिकटक फलोअर्सलाई जानकारी गराएका छन्।

उनले भने, ‘म तपाईंहरूको नयाँ सीईओ बन्ने सम्भावना छ, यसका लागि म उत्साहित छु।’

मिस्टर बिस्टको यो पोस्ट मंगलबारदेखि ७ करोड ३० लाखभन्दा बढी पटक हेरिएको छ। बिस्टले बोलकबोलसँग सम्बन्धित जानकारी भने सार्वजनिक गर्न नसक्ने बताएका छन्।

यस महिनाको सुरुमा ब्लुमबर्गले चीनले अमेरिकी अर्बपति इलोन मस्कलाई टिकटक बेच्ने विचार गरिरहेको रिपोर्ट गरेको थियो।

मस्क अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगीमध्ये एक हुन्।

इलोन मस्क सामाजिक सञ्जाल प्लेटफर्म एक्सका मालिक हुन्।

यस हप्ताको सुरुमा इलोन मस्कले एक्समा लेखेका थिए, ‘हाल टिकटकलाई अमेरिकामा सञ्चालन गर्न अनुमति छ, तर एक्सलाई चीनमा सञ्चालन गर्न अनुमति छैन। यो सही होइन, परिवर्तन गर्न आवश्यक छ।’

मंगलबार पत्रकार सम्मेलनका क्रममा पत्रकारले ट्रम्पलाई मस्कका लागि टिकटक किन्न तयार हो भनेर सोधेका थिए। 

जवाफमा उनले भने, ‘हो, यदि उनी किन्न चाहन्छन् भने।’

राष्ट्रपति ट्रम्पले भने, ‘म चाहन्छु कि ओरेकलका अध्यक्ष ल्यारीले टिकटक किनून्।’

 जो त्यतिबेला राष्ट्रपति ट्रम्पसँगै मञ्चमा उपस्थित थिए। ल्यारी एलिसन पनि ट्रम्पका समर्थकमध्ये एक हुन्।

ओरेकल टिकटकलाई सर्भर प्रदान गर्ने प्रमुख कम्पनीमध्ये एक हो।

गत वर्ष ओरेकलले टिकटकमा प्रतिबन्ध लगाउँदा ठूलो घाटा हुन सक्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad