ग्लोबल


ट्रम्पले रोके अमेरिकामा गर्भपतनका लागि दिइने सरकारी सहायता

ट्रम्पले रोके अमेरिकामा गर्भपतनका लागि दिइने सरकारी सहायता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
माघ १२, २०८१ शनिबार ९:५१, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनका लागि दिइने सरकारी सहायता रोक्न कार्यकारी आदेश जारी गरेका छन्।

गर्भपतनका लागि राज्यबाट सहायता दिने प्रावधानलाई हाइड संशोधन भनिन्छ। यो पहिलोपटक १९८० मा लागू गरिएको थियो। यद्यपि, त्यसबेलादेखि यसमा धेरै पटक सुधार गरिएको छ।

यसअघिका राष्ट्रपति जो बाइडेनले यो कानुन खारेज गर्ने प्रयास गरेका थिए तर असफल भए। ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा बाइडेन प्रशासनले यसलाई धेरै हदसम्म बेवास्ता गरेको आरोप लगाइएको छ। 

यो कानुनले प्रायः सरकारी चिकित्सा कार्यक्रमअन्तर्गत कम आय भएका महिलाका साथै सैन्य र सरकारी कर्मचारीलाई असर गर्छ।

सर्वोच्च अदालतका लागि चयन गरिएका ट्रम्पको एक न्यायाधीशले दशकौँ पुरानो कानुन खारेज गर्दै भने- अमेरिकामा गर्भपतन नीति  राज्यहरू आआफ्नै निर्धारण गर्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad