ग्लोबल


ट्रम्पलाई चीनको चेतावनीः हामीलाई कर लगाउने निर्णयविरुद्ध मुद्दा दिन्छौँ

ट्रम्पलाई चीनको चेतावनीः हामीलाई कर लगाउने निर्णयविरुद्ध मुद्दा दिन्छौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्म र चीनका राष्ट्रपति सी चिनफिङ


नेपालखबर
माघ २०, २०८१ आइतबार ११:५, काठमाडौँ

चीनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनयाँ सामानमा १० प्रतिशत कर लगाउने निर्णयको बदला लिने चेतावनी दिएको छ। 

चीनको वाणिज्य मन्त्रालयले विज्ञप्ति जारी गरी ट्रम्पको उक्त निर्णयले चीन पूरै असन्तुष्ट भएको र यसविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने बताएको हो। 

आफ्नो देशबाट जाने सामानमा अमेरिकाले १० प्रतिशत कर लगाउने निर्णयले विश्व व्यापार संगठनको नियमहरूको 'गम्भीर उल्लंघन' भएको दाबी चीनले गरेको छ। 

यो कदम चीन र अमेरिकाबीचको सामान्य आर्थिक र व्यापारिक सहयोगका लागि हानिकारक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘चीन अमेरिकालाई आफ्ना गलत अभ्यास सच्याउन र समस्या समाधानका लागि चीनसँग मिलेर काम गर्न आह्वान गर्दछ।’

उता क्यानडाले पनि आफ्ना सामानमा अमेरिकाले २५ प्रतिशत कर लगाउने भनेपछि आफूले पनि त्यस्तै कर लगाउने घोषणा गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad