ग्लोबल


कुम्भ स्नान गर्न भुटानी राजा भारतमा

कुम्भ स्नान गर्न भुटानी राजा भारतमा

विमानस्थलमा भुटानी राजालाई स्वागत गर्दै मुख्यमन्त्री योगी।


नेपालखबर
माघ २१, २०८१ सोमबार १८:१७, काठमाडौँ

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक सोमबार भारत आइपुगेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी उत्तर प्रदेशको लखनउ आइपुगेका हुन्।

उनले मंगलबार प्रयागराजमा जारी कुम्भमेलामा स्नान गर्नेछन्।

भुटानका राजालाई लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरे।

यस क्रममा मेयर सुष्मा खरकवाल, प्रमुख सचिव (गृह) सञ्जय प्रसाद, डीजीपी प्रशान्त कुमार, लखनउका जिल्ला मजिस्ट्रेट विशाख र अन्य अधिकारी पनि उपस्थित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad