दिल्ली विधानसभा चुनावअन्तर्गत ७० सिटका लागि आज मतदान भइरहेको छ।
जसमा ९६ जना महिला उम्मेदवार छन्। जसमध्ये केही चर्चित अनुहार छन्।
दिल्ली विधानसभा चुनावमा मुख्यमन्त्रीसमेत रहेकी आतिशी आम आदमी पार्टीकी प्रमुख महिला उम्मेदवार हुन्।
उनीविरुद्ध भारतीय कंग्रेसले कालकाजी सिटमा अलका लाम्बालाई उठाएको छ।
यस्तै भाजपाले शिखा रायलाई ग्रेटर कैलाशमा सौरभ भारद्वाजविरुद्ध चुनाव मैदानमा उतारेको छ।
आतिशी गत वर्ष पनि दिल्लीको कालकाजी सिटबाट विजयी भएकी थिइन्। अलका लाम्बा अखिल भारतीय महिला कंग्रेसकी अध्यक्ष हुन्।
336
Shares

प्रतिक्रिया