युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस-युक्रेन युद्ध अन्त्य गर्न बनाइएको योजनामा सर्त तेर्स्याएका छन्।
जेलेन्स्कीले अमेरिका र युरोपेली नेताहरूसँग साझा योजनामा सहमति भएपछि मात्र शान्ति वार्ताका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने बताएका हुन्।
यसअघि उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग अहिलेसम्म भएका छलफल शान्ति योजना बनाउन पर्याप्त नभएको बताएका थिए।
जेलेन्स्कीले युक्रेन नेटोमा रहन चाहने र रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता नदिने बताएका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्न आफूले पहल गरिरहेको दाबी गरेका छन्।
1.2k
Shares

प्रतिक्रिया