भारतीय राज्य उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीच एक ठाउँमा शनिबार आगलागी भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
प्रयागराजका एडीजी भानु भास्करले भने, ’सेक्टर १८-१९ को बीचमा एउटा धाम थियो र यहाँ मानिसहरूलाई सेवा दिइन्थ्यो। यसलाई अयोध्या लव कुश धाम भनिन्छ।’
आगलागीको जानकारी पाउनेबित्तिकै पाँच मिनेटमै दमकल, आपत्कालीन सेवा र डीआईजी मेला घटनास्थलमा पुगेको उनले बताए।
भानु भास्करले भने, ‘घटनास्थलमा पुग्नेबित्तिकै उनीहरूले आगो निभाए।’
उनले घटनामा कसैको पनि मृत्यु नभएको र आगलागीको कारण अनुसन्धान भइरहेको बताए।
612
Shares

प्रतिक्रिया