ग्लोबल


इजरायली प्रधानमन्त्री भन्छन् : ट्रम्पको सहयोगमा इरानको काम तमाम गर्छौं

इजरायली प्रधानमन्त्री भन्छन् : ट्रम्पको सहयोगमा इरानको काम तमाम गर्छौं

नेपालखबर
फागुन ४, २०८१ आइतबार २०:५५,

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले डोनाल्ड ट्रम्पको सहयोगमा इरानको ‘काम तमाम गर्ने’ वाचा गरेका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि बोल्दै उनले यस्तो बताएका हुन्।

‘गएको १६ महिनामा इजरायलले इरानको आतंकको धुरीमा जोडदार धक्का दिएको छ। राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा...मलाई कुनै सन्देह छैन, हामी काम तमाम गर्न सक्ने छौँ र गर्ने छौँ,’ नेतन्याहुले भने।

रुबियोले इरान कहिल्यै पनि आणविक शक्तिसम्पन्न हुन नसक्ने ठोकुवा गरे।

‘हामी हमास, हेजबुल्लाहको कुरा गरौँ वा वेस्ट ब्यांकको हिंसा, सिरियाको अस्थिरता अथवा इराकका मिलिसियाबारे कुरा गरौँ, सबैको पछाडि एउटा साझा मुद्दा हुन्छ- इरान,’ रुबियोले भने, ‘त्यसलाई सम्बोधन गर्नै पर्छ।’

हालै अमेरिकी गुप्तचर निकायहरूले बाइडेन र ट्रम्प दुवै प्रशासनलाई यो वर्ष इजरायलले इरानको आणविक कार्यक्रमका प्रमुख ठेगानाहरूमा निसाना लगाउने सम्भावना रहेको सूचना दिएका छन्।

जुन अहिले ट्रम्पले अँगालेको शान्तिको इच्छाविपरीत हो। 

त्यसमाथि, इजरायलले इरानमा सत्ता पल्टाउने कोसिस पनि गरिरहेको अमेरिकी गुप्तचर निकायको भनाइ छ।

अमेरिकाद्वारा भारी बम आपूर्ति
रुबियोको भ्रमणकै क्रममा अमेरिकाले इजरायललाई ठुल्ठूला बम आपूर्ति गरेको छ। बाइडेनले लगाएको प्रतिबन्ध ट्रम्प सत्तामा आएसँगै फुकुवा गरेका थिए।

अमेरिकाले इजरायललाई झण्डै एक टन तौल भएका एमके–८४ बम पठाएको हो। इजरायली रक्षामन्त्री इजरायल काट्जले वायुसेनाका लागि सो हतियार महत्त्वपूर्ण रहेको बताएका छन्।

इजरायलले गाजामा सर्वसाधारणविरुद्ध सो बम प्रयोग गर्न सक्ने भन्दै बाइडेन प्रशासनले आपूर्ति रोकेको थियो। 

रुबियो शनिबार राति तेल अभिभ पुगेका थिए। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad