ग्लोबल


दिल्लीमा भूकम्प

दिल्लीमा भूकम्प

फाइल तस्बिर: दिल्ली


नेपालखबर
फागुन ५, २०८१ सोमबार ८:५१, काठमाडौँ

भारतको राजधानी दिल्लीमा सोमबार बिहान भूकम्प गएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान ५:३६ बजे दिल्ली-एनसीआरमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो। 

भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले एक्समा लेखेको छ- भूकम्पको केन्द्र दिल्लीमा जमिनबाट ५ किलोमिटर गहिराइमा थियो।

यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ४.० मापन गरिएको थियो।

दिल्ली प्रहरीले सन्देशमा लेखेको छ- हामी आशा गर्छौं कि तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ। आपत्‌कालीन सहयोगको लागि ११२ डायल गर्नुहोस्।

भूकम्प आउँदा दिल्ली, नोएडा, ग्रेटर नोएडा र गाजियाबादका मानिसहरू घरबाट बाहिर निस्किएका थिए।

यो खबर लेख्दासम्म क्षतिको कुनै विवरण प्राप्त भएको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad