ग्लोबल


साउदीमा अमेरिका र रुसबीच हुने शान्ति वार्तामा भाग लिँदैनौँ: जेलेन्स्की

साउदीमा अमेरिका र रुसबीच हुने शान्ति वार्तामा भाग लिँदैनौँ: जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
फागुन ५, २०८१ सोमबार १९:२१, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले साउदी अरेबियामा हुने अमेरिका र रुसबीचको शान्ति वार्तामा भाग नलिने बताएका छन्।

बीबीसीका अनुसार उनले भनेका छन्, ‘हाम्रो सहमतिबिना त्यस्ता कुनै पनि वार्ताले नतिजा दिँदैन र हामी त्यसलाई मान्यता दिँदैनौँ।’

उनले संयुक्त अरब इमिरेट्स र पछि साउदी अरेबियामा हुने आफ्नो भ्रमण पहिले नै तय भइसकेको पनि बताएका छन्। यो भ्रमण युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको शान्ति वार्तासँग सम्बन्धित नभएको उनको भनाइ छ।

मिडिया रिपोर्टका अनुसार, रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा शान्ति वार्ता गर्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad