ग्लोबल


४ घण्टापछि सकियो अमेरिका-रुस वार्ता

रुसी प्रतिनिधि भन्छन् : सकारात्मक संवाद भयो
४ घण्टापछि सकियो अमेरिका-रुस वार्ता

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १८:३०,

युक्रेन युद्ध अन्त्यका लागि साउदीमा भएको अमेरिकी र रुसी विदेशमन्त्रीहरूको बैठक समाप्त भएको छ। सो वार्ता लन्चसहित चार घण्टाभन्दा लामो समय चलेको थियो।

रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले वार्ता सकारात्मक र रचनात्मक रहेको टिप्पणी गरेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोवले भनेका छन्, ‘नराम्रो रहेन। रुस र अमेरिका नजिक हुन्छन्, हुँदैनन्, भन्न कठिन छ। तर, हामीले त्यही विषयमा छलफल गर्‍यौँ। हामीले सबै विषयमा धेरै गम्भीर छलफल गर्‍यौँ। हामीले एकअर्काको हितमा विचार गर्ने र द्विपक्षीय सम्बन्ध विकास गर्ने सहमति गर्‍यौँ। किनकि मस्को र वासिङ्टन दुवै यसमा इच्छुक छन्।’

अब वार्ताकारहरूको अलग टोलीले एकअर्कासँग सम्पर्क स्थापित गर्ने उनले बताए।

रुसी सोभरिन फन्डका प्रमुख किरिल दिमित्रिएवले भनेका छन्, ‘एउटा सकारात्मक र रचनात्मक संवाद सुरु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad