अमेरिकी समकक्षीसँगको वार्तापछि रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोवले दुई देशबीच पूर्ण सहकार्य गर्ने सहमति भएको बताएका छन्।
उनले तीन प्रमुख सहमति भएको उल्लेख गरे। जसअनुसार–
–दुवै देशले सकेसम्म चाँडो एकअर्काको मुलुकमा राजदूत नियुक्त गर्ने, दूतावासको ब्यांक ट्रान्सफरमा प्रतिबन्ध लगायत अवरोध हटाउने
–युक्रेनको विषयमा समाधानको प्रक्रिया सुरु गर्ने, पहिले अमेरिकाले र त्यसपछि रुसले प्रतिनिधि नियुक्त गर्ने
–पूर्ण रुपमा सहकार्य सुरु गर्नलाई वातावरण तयार गर्ने
‘यो निकै उपयोगी संवाद थियो। हामीले एकअर्काको कुरा सुन्यौँ,’ लाभ्रोवले पत्रकार सम्मेलनमा भने। एजेन्सी
477
Shares

प्रतिक्रिया