ग्लोबल


युक्रेनबारे रुस-अमेरिका वार्ता भएको थाहा पाउँदा आश्चर्य लाग्यो: जेलेन्स्की

युक्रेनबारे रुस-अमेरिका वार्ता भएको थाहा पाउँदा आश्चर्य लाग्यो:  जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की


नेपालखबर
फागुन ७, २०८१ बुधबार ७:१३, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई सहभागी नगराई युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिका र रुसबीच भएको वार्ताप्रति तीव्र असन्तुष्टि जनाएका छन्। 

जतिबेला साउदी अरेबियामा अमेरिका र रुसी विदेशमन्त्रीहरूबीच वार्ता भइरहेको थियो, त्यतिबेला उनी टर्कीमा थिए।

‘हामी चाहन्छौँ कि सबै कुरा पारदर्शी होस्, कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस्...हामीलाई रुस-अमेरिका वार्तामा आमन्त्रण गरिएको थिएन’, उनले पत्रकारहरूसँग भने, ‘अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्यको कुरा थियो। हामीले मिडियाबाट यसबारे थाहा पायौँ।’

संयुक्त राज्य अमेरिकासँगको रक्षा ग्यारेन्टीको मुद्दामा थप प्रगति र यो वार्तामा युक्रेनका अतिरिक्त युरोपेली संघ, टर्की र बेलायत पनि सहभागी हुनुपर्ने उनको भनाइ छ। 

उनले युक्रेनले कुनै पनि हालतमा रुसले कब्जा गरेको क्षेत्रलाई मान्यता नदिने बताए। 

उनले भने, पूर्व हाम्रो हो, क्रिमिया हाम्रो हो र ती सबै सहर र गाउँ हाम्रा लागि महत्त्वपूर्ण छन्।

जेलेन्स्कीले यस हप्ता गर्ने भनेको साउदी अरेबियाको भ्रमण मार्च १० सम्म स्थगन गर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad