समाज


काठमाडौँ आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते

काठमाडौँ आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ जना घाइते

नेपालखबर
फागुन ७, २०८१ बुधबार ७:१६, काठमाडौँ

सुर्खेतबाट काठमाडौँ आउँदै गरेको बस गएराति दाङको बबईमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। 

कर्णाली प्रदेश ०२-००१ ख ०७०१ नम्बरको बस मंगलबार राति करिब साढे ९ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने बबई गाउँपालिका-२ तल्लो ट्वाङ्खोलाको घुम्तीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिए। 

घाइतेमध्ये धेरैजसो सामान्य उपचारपछि डिस्चार्ज भइसकेका रोकायाले बताए। 

‘अलिक बढी चोट लागेका केही अझै उपचारमै छन्,’ रोकायाले नेपालखबरसँग भने, ‘घाइते सबै खतरा मुक्त छन्। अलिक बढी चोट लागेका घाइतेलाई कोहलपुर रेफर गरिएको छ। बाँकीको राप्ती प्रदेशिक अस्पतालमा उपचार हुँदैछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad