अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष सीक्यू ब्राउनलाई पदबाट हटाएका छन्। उनी अमेरिकाको उच्च अधिकारी थिए।
बीबीसीका अनुसार यो निर्णयलाई शीर्ष सैन्य नेतृत्वमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत ब्राउनसहित अन्य पाँच जना शीर्ष अधिकारीलाई पनि हटाइएको बताएका छन्।
जनरल ब्राउन अमेरिकी इतिहासमा यो पद सम्हाल्ने दोस्रो अश्वेत अधिकारी थिए। यो पद धारण गर्ने व्यक्तिले राष्ट्रिय सुरक्षाका मामिलामा राष्ट्रपति र रक्षामन्त्रीलाई सल्लाह दिन्छन्।
यसअघि रक्षामन्त्री पिट हेगसेथले जनरल ब्राउनलाई हटाउनुपर्ने बताएका थिए। शुक्रबारपछि रक्षामन्त्री हेगसेथले थप दुई वरिष्ठ सैन्य अधिकारी हटाउने घोषणा गरे।
यसमा नौसेना अपरेसन प्रमुख एडमिरल लिसा फ्रान्चेटी र वायुसेना उपप्रमुख जनरल जिम स्लाइफ छन्।
एडमिरल लिसा फ्रान्चेटी नौसेना नेतृत्व गर्ने पहिलो महिला थिइन्। यी तीन शीर्ष अधिकारीलाई शुक्रबार हटाइएको हो।
उनलाई पूर्वराष्ट्रपति जो बाइडेनले नियुक्त गरेका थिए।
Shares

प्रतिक्रिया