रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्ष पूरा हुँदा युक्रेनप्रति समर्थन जनाउन युरोपेली नेताहरूको एउटा टोली किभ पुगेको छ।
डेनमार्क, नर्वे, स्वीडेन, फिनल्यान्ड, लिथुवानिया, लाट्भिया र इस्टोनियाका नेताहरू युक्रेन पुगेका हुन्। त्यसका अलावा स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेज र क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो अनि युरोपेली संघ र युरोपेली परिषदका पदाधिकारी पनि त्यहाँ पुगेका छन्।
१५ नेता उपस्थित भएका छन् भने अरु केही भिडिओ लिंकमार्फत जोडिएको बताइएको छ।
उनीहरूले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीप्रति समर्थन जनाउने छन्। जो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट दबाबमा परेका छन्।
ट्रम्पले जेलेन्स्की तानाशाह बनेको भन्दै आलोचना गरेका थिए।
जेलेन्स्कीले आफू आलोचनाबाट नरिसाएको जनाएका छन्। शान्तिका लागि कुर्सी छाड्न पनि आफू तयार रहेको उनको भनाइ छ। एजेन्सी
Shares

प्रतिक्रिया