ग्लोबल


‘अमेरिकालाई फाइदा हुनेगरी’ खनिज सम्झौता गर्न जेलेन्स्की तयार, शुक्रबार हस्ताक्षर हुने

ट्रम्प भन्छन् : युक्रेनले लडाइँ जारी राख्ने अधिकार पायो
‘अमेरिकालाई फाइदा हुनेगरी’ खनिज सम्झौता गर्न जेलेन्स्की तयार, शुक्रबार हस्ताक्षर हुने

नेपालखबर
फागुन १४, २०८१ बुधबार १६:२१,

युक्रेनले अमेरिकालाई दुर्लभ खनिज दिने सम्बन्धमा सहमति भएको छ। डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले सो सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन्।

युक्रेनले कति मूल्यको खनिज अमेरिकालाई हस्तान्तरण गर्ने हो भन्ने खुलेको छैन। यद्यपि, ट्रम्पले पहिले ५ सय अर्ब डलरको खनिज चाहिने माग गरेका थिए। त्यसबाट पनि अमेरिका पछि हटेको बताइएको छ। 

तर, यो सम्झौताका सर्तहरूले अमेरिकालाई ज्यादा फाइदा हुने बताइएको छ। अमेरिकाले युक्रेनलाई बलियो सुरक्षा ग्यारेन्टी पनि नदिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुरुमा जेलेन्स्कीले अमेरिकी माग अस्वीकार गरेका थिए। तर, ट्रम्पसँग गलफत्तीपछि उनी सम्झौताका लागि तयार भएका हुन्। ट्रम्पलाई खुसी पार्न जेलेन्स्की सम्झौताका लागि राजी भएको र यसले अमेरिका तथा युक्रेनबीच सहकार्यको ढोका खोल्ने विश्लेषण गरिएको छ।

ट्रम्पले यो सहमतिले युक्रेनलाई ‘लडाइँ जारी राख्ने अधिकार दिएको’ टिप्पणी गरेका छन्।

युक्रेनसँग १.९ करोड टन ग्रेफाइट भण्डार छ। जुन ईभीका लागि ब्याट्री बनाउन प्रयोग हुन्छ।

त्यस्तै, युरोप लिथियम भण्डारको एक तिहाइ पनि युक्रेनमै छ। जुन आजभोलि प्रयोगमा रहेको ब्याट्री निर्माणमा उपयोगी हुन्छ।

त्यसबाहेक हतियार, टर्बाइन्, विद्युतीय सामग्री आदि बनाउन आवश्यक पर्ने दुर्लभ खनिज पनि युक्रेनसँग छ। युद्ध सुरु भएपछि रुसले ३५० अर्ब डलरभन्दा बढी खनिज भण्डार कब्जा गरेको युक्रेनको भनाइ छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad