अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने कुरा युरोपको हातमा रहेको बताएका छन्।
यसमा अमेरिका पनि सामेल हुनेछ भन्ने कुनै ग्यारेन्टी नभएको उनको भनाइ छ।
ट्रम्पले मन्त्रिपरिषद् बैठक र ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँगको भेटअघि उक्त कुरा बताएका हुन्।
स्टारमरले भने अमेरिकाले युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिएर रुसलाई फेरि आक्रमण गर्नबाट रोक्नुपर्ने बताएका छन्।
ट्रम्पले यसअघि पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शुक्रबार 'ठूलो सम्झौता'मा हस्ताक्षर गर्न अमेरिका आउने बताएका थिए।
युक्रेन र संयुक्त राज्य अमेरिका खनिज सम्झौताका सर्तहरूमा सहमत भएका छन्। युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले बीबीसीलाई यो जानकारी दिएका हुन्।
मिडिया रिपोर्टहरूले अमेरिकाले युक्रेनको खनिज पदार्थको प्रयोगबाट ५०० अर्ब डलर कमाउने आफ्नो प्रारम्भिक सर्त त्यागेको उल्लेख गरेका छन्।
तर सम्झौताको बदलामा अमेरिकाले युक्रेनलाई कुनै सुरक्षा ग्यारेन्टी दिएको छैन। यो सम्झौताका लागि युक्रेनको मुख्य सर्त भने यही छ।
Shares

प्रतिक्रिया