ग्लोबल


हरियाणामा कंग्रेस नेतृ हिमानीको हत्या, सुटकेसमा भेटियो शव

हरियाणामा कंग्रेस नेतृ हिमानीको हत्या, सुटकेसमा भेटियो शव

फाइल तस्बिर: भारतीय कंग्रेस नेतृ हिमानी नरवाल


नेपालखबर
फागुन १८, २०८१ आइतबार १३:१४, काठमाडौँ

भारतको हरियाणा राज्यस्थित रोहतकमा भारतीय कंग्रेस नेतृ हिमानी नरवालको हत्या भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार (मार्च १) बिहान रोहतकको साम्पला सहरस्थित बसपार्कनजिकै सुटकेसभित्र उनको शव भेटिएको हो। 

बटुवाहरूले शंकास्पद अवस्थामा नीलो सुटकेस देखेपछि प्रहरीलाई खबर गरेका थिए। केही समयमै प्रहरी घटनास्थल पुग्यो। सुटकेस खोल्दा भित्र एउटी युवतीको शव देखियो। उनको घाँटीमा स्कार्फ बाँधिएको थियो र हातमा मेहन्दीको दाग थियो। शव हेर्दा कसैले निर्ममतापूर्वक हत्या गरेर सुटकेसमा हालेर फ्याँकेको अनुमान गरिएको थियो।

सुरुमा मृतकको पहिचान हुन सकेन। तर पछि प्रहरीले यो कंग्रेस नेता हिमानी नरवालको शव भएको खुलासा भएको हो। 

हिमानी यसअघि राहुल गान्धी, दीपेन्द्र हुड्डा र भूपेन्द्र सिंह हुड्डालगायत भारतीय कंग्रेसका नेताहरूसँग तस्बिरमा देखिएकी छन्। 

साम्पला प्रहरी थाना र एफएसएल टोलीले मुद्दाको अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक अनुसन्धानले हिमानी नरवालको घाँटी थिचेर हत्या गरिएको पाइएको छ। तर हत्या कसले र किन गर्‍यो भन्ने कारण अहिलेसम्म खुल्न सकेको छैन।

साम्पला प्रहरी थानाका इन्चार्ज बिजेन्द्र सिंह भन्छन्, ‘अहिलेसम्म हामीले कुनै राजनीतिक कारण भेटेका छैनौँ, तर हामी सबै कोणबाट अनुसन्धान गरिरहेका छौँ। समस्या समाधान गर्न टोलीहरू गठन गरिएका छन्। अभियुक्त चाँडै पक्राउ पर्नेछन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad