ग्लोबल


पश्चाताप गर्दै जेलेन्स्कीले लेखे: सम्झौतामा हस्ताक्षर गर्न तयार छु

पश्चाताप गर्दै जेलेन्स्कीले लेखे: सम्झौतामा हस्ताक्षर गर्न तयार छु

फागुन १६ गते ह्वाइट हाउसमा ट्रम्पसँग विवाद गर्दै जेलेन्स्की


नेपालखबर
फागुन २१, २०८१ बुधबार ८:१, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै आफ्नो देशले अहिलेसम्म अमेरिकाबाट पाएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल एक्समा लामो पोस्ट गर्दै जेलेन्स्कीले युद्ध र शान्तिका साथै युक्रेनका लागि अमेरिकाको महत्त्व उल्लेख गरेका हुन्।

जेलेन्स्कीले लेखेका छन्, ‘म शान्तिप्रति युक्रेनको प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु। हामीमध्ये कोही पनि कहिल्यै अन्त्य नहुने युद्ध चाहँदैनौँ। युक्रेन दिगो शान्ति ल्याउन सकेसम्म चाँडो वार्ताको टेबलमा आउन तयार छ।’

उनले अगाडि लेखेका छन्, ‘मेरो टोली र म दिगो शान्ति प्राप्त गर्न राष्ट्रपति ट्रम्पको बलियो नेतृत्वमा काम गर्न तयार छौँ। संयुक्त राज्य अमेरिकाले युक्रेनलाई आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता कायम राख्न कति धेरै मद्दत गरेको छ भन्ने कुराको हामी साँच्चै कदर गर्छौं।’

गत हप्ता शुक्रबार (फागुन १६ गते) खनिज सम्झौताका लागि भनेर ह्वाइट हाउस पुगेका जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग बाझेर फर्किएका थिए। यसका लागि जेलेन्स्कीले आफ्नो देशमा समर्थनका साथै विरोधको पनि सामना गर्नु परेको थियो।

जेलेन्स्कीले आफ्नो पोस्टमा लेखेका छन्, ‘शुक्रबार वासिङटनको ह्वाइट हाउसमा भएको हाम्रो बैठक जसरी हुनुपर्ने थियो त्यसरी भएन। यो दुःखको कुरा हो। अब हामीले चिजहरू ठीक गर्ने समय आएको छ। खनिज र सुरक्षासम्बन्धी सम्झौताका सन्दर्भमा युक्रेन कुनै पनि समय सुविधाजनक ढाँचामा हस्ताक्षर गर्न तयार छ।’

मंगलबार मात्रै अमेरिकाले यसअघि युक्रेनलाई उपलब्ध गराइरहेको सैन्य सहयोग पनि रोकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad