ग्लोबल


एयर इन्डियाले बर्खास्त गर्‍यो प्रशिक्षक पाइलट, प्रशिक्षण लिने १० पाइलटलाई पनि निकाल्यो

एयर इन्डियाले बर्खास्त गर्‍यो प्रशिक्षक पाइलट, प्रशिक्षण लिने १० पाइलटलाई पनि निकाल्यो

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८१ बुधबार २१:१८, काठमाडौँ

एयर इन्डियाले बुधबार एक सिम्युलेटर ट्रेनर पाइलटलाई बर्खास्त गरेको छ। उनको मातहतमा तालिम लिइरहेका १० पाइलटलाई पनि ड्युटीबाट हटाएको छ।

एक सूचनादाताको गुनासोपछि एयर इन्डियाले यो निर्णय लिएको हो। उनले सिम्युलेटर ट्रेनर पाइलटले पाइलटहरूलाई राम्रोसँग तालिम नदिएको आरोप लगाएका थिए।

एयर इन्डियाले सूचना दिने व्यक्तिले दिएको सूचनाका आधारमा अनुसन्धान गर्दा आरोप सत्य पाइएको बताएको छ।

एयर इन्डियाले सम्पूर्ण घटनाबारे डीजीसीएलाई जानकारी गराएको छ।

कम्पनीले सूचना दिने व्यक्तिको प्रशंसा गर्दै टाटा समूहले अधिग्रहण गरेपछि एयर इन्डियाले आफ्ना कर्मचारीहरूका लागि उच्च नैतिक मापदण्ड अपनाएको बताएको छ।

एयर इन्डियाले २०२४ देखि हालसम्म लापरबाही गर्ने र मापदण्ड पालना नगर्ने ३० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad