युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ।
गएराति भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
जेलेन्स्कीले ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला आक्रमण भएको हो।
क्रिभी रिहमा रुसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा चार जनाको मृत्यु र ३१ जना घाइते भएको सहरका क्षेत्रीय गभर्नर सेर्ही लाइसाकले बताएका छन्।
लाइसाकले क्षेप्यास्त्रले मध्य युक्रेनी सहरको एक होटलमा प्रहार गर्दा १३ अपार्टमेन्ट ब्लक र १२ पसलमा क्षति पुगेको बताएका छन्।
युक्रेनको रणनीतिक उद्योग मन्त्रालयका सल्लाहकार युरी साकले यसलाई ‘शान्तिपूर्ण होटल’मा भएको आक्रमण भनेका छन्।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसले क्षेप्यास्त्र आक्रमण गरेको होटलमा अमेरिकी र बेलायती स्वयंसेवक पनि रहेको बताएका छन्।
Shares

प्रतिक्रिया