ग्लोबल


जेलेन्स्की भन्छन्: युक्रेन र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ

जेलेन्स्की भन्छन्: युक्रेन र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ

नेपालखबर
फागुन २३, २०८१ शुक्रबार १०:३२, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुक र अमेरिकाबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका छन्।

जेलेन्स्कीले यो वार्ता ‘महत्त्वपूर्ण‘ हुने आशा पनि व्यक्त गरेका छन्।

तर जेलेन्स्की आफू भने वार्तामा सहभागी हुने छैनन्। उनले युक्रेन सकेसम्म चाँडो दिगो शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले अमेरिकी टोलीले रुस-युक्रेन युद्ध अन्त्य गर्न शान्तिको लागि "रूपरेखा"मा छलफल गर्न चाहेको बताएका छन्।

फागुन १६ गते ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच चर्को बहस भएको थियो। 

त्यसयता दुई देशबीच मनमुटाव बढेको थियो। यस क्रममा अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गुप्तचर जानकारी दिन पनि बन्द गरेको छ।

तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घटनाप्रति दु:ख व्यक्त गर्दै देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्।

विटकफले बिहीबार ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’ सहितको पत्र प्राप्त गरेको बताएका छन्।

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गर्‍यो र अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रणमा लिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad