ग्लोबल


रुससँग भन्दा युक्रेनसँग व्यवहार गर्न 'बढी गाह्रो': ट्रम्प

रुससँग भन्दा युक्रेनसँग व्यवहार गर्न 'बढी गाह्रो': ट्रम्प

फाइल तस्बिर: ट्रम्प र जेलेन्स्की


नेपालखबर
फागुन २४, २०८१ शनिबार ९:१३, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताका सन्दर्भमा रुससँग भन्दा युक्रेनसँग व्यवहार गर्न 'बढी गाह्रो' भएको बताएका छन्।

बीबीसीका अनुसार ट्रम्पले शुक्रबार रुसलाई नयाँ प्रतिबन्ध र कर लगाउनेबारे गम्भीरतापूर्वक विचार गरिरहेको बताएको केही बेरपछि युक्रेनप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। 

‘रुसले युद्ध क्षेत्रमा युक्रेनलाई कडा प्रहार गरिरहेको छ’, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यस तथ्यका आधारमा, म युद्धविराम र अन्तिम शान्ति सम्झौता नभएसम्म रुसलाई ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध, प्रतिबन्ध र शुल्क लगाउनेबारे गम्भीरतापूर्वक विचार गरिरहेको छु।’

यही फागुन १६ गते ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा चर्काचर्की परेको थियो।

त्यसयता दुई देशबीच मनमुटाव बढेको थियो। यस क्रममा अमेरिकाले युक्रेनलाई सैन्य सहयोग गुप्तचर जानकारी दिन पनि बन्द गरेको छ।

तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घटनाप्रति दु:ख व्यक्त गर्दै देशको सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन्।

विटकफले बिहीबार ट्रम्पले जेलेन्स्कीबाट ‘माफी’ र ‘कृतज्ञता’ सहितको पत्र प्राप्त गरेको बताएका छन्।

यसैबीच साउदीमा अर्को हप्ता युक्रेन-अमेरिका वार्ता हुने बताइएको छ। 

रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गर्‍यो र अहिले युक्रेनी भूभागको लगभग २० प्रतिशत नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad