ग्लोबल


अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: भारत-पाकिस्तान सीमावरिपरि यात्रा नगर्नू

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो: भारत-पाकिस्तान सीमावरिपरि यात्रा नगर्नू

नेपालखबर
फागुन २५, २०८१ आइतबार ११:८, काठमाडौँ

अमेरिकाले आफ्ना नागरिकलाई भारत-पाकिस्तान सीमा र नियन्त्रण रेखा वरिपरि यात्रा नगर्न आग्रह गरेको छ।

अमेरिकाले जारी गरेको ‘ट्राभल एडभाइजरी’अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा नगर्न आफ्ना नागरिकलाई सुझवा दिइएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार यो ‘ट्राभल एडभाइजरी’ जारी गर्नुको कारण ती क्षेत्रमा आतंकवाद र सशस्त्र द्वन्द्वको सम्भावना रहेको बताइएको छ।

एडभाइजरीमा भनिएको छ, ‘पाकिस्तानमा हिंस्रक अतिवादी समूहहरूले आक्रमण गरिरहेका छन्। बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण भइरहेका छन्।’

अतिवादीहरूले स्थानीय सैन्य र प्रहरी अड्डामा पनि आक्रमण गरेको एडभाइजरीमा उल्लेख गरिएको छ। 

एडभाइजरीमा भनिएको छ, ‘आतंककारीहरूले यातायात केन्द्र, बजार, सपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, विश्वविद्यालय, पर्यटकीय स्थल, विद्यालय, अस्पताल, धार्मिक स्थल र सरकारी सुविधालाई चेतावनीबिना नै लक्षित गर्न सक्छन्।’

एडभाइजरीका अनुसार, ‘आतंककारीहरूले विगतमा अमेरिकी कूटनीतिज्ञ र दूतावासलाई निशाना बनाएका छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad