सबैभन्दा लामो समयसम्म लगातार चुम्बन गरेर विश्व रेकर्ड बनाएका थाई दम्पतीले सम्बन्ध विच्छेद गरेका छन्।
सन् २०१३ मा ५८ घण्टा ३५ मिनेटसम्म चुम्बन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका थाइल्यान्डका एक्काचाई तिरानाराट र उनकी पत्नी लक्सानाले हालै सम्बन्ध विच्छेद गरेका हुन्।
विश्वमै सबैभन्दा लामो समय चुम्बन गर्दा उनीहरू २ दिनभन्दा बढी समयसम्म नसुतेर उभिएका थिए। एकअर्कालाई अँगालो हालेर निरन्तर चुम्बन गरेका थिए।

यसअघि २०११ मा पनि एक्काचाई र लक्सानाले ४६ घण्टा २४ मिनेटसम्म चुम्बन गरेर विश्व रेकर्ड बनाएका थिए।
तर उनीहरूको सम्बन्ध विच्छेद भएको खबरले प्रशंसकहरू निराश भएका छन्। उनीहरूले सामाजिक सञ्जालमा आश्चर्य र दु:ख व्यक्त गरिरहेकाका छन्।
तर थाई दम्पतीले सम्बन्ध विच्छेद गर्नको कारणबारे अहिलेसम्म केही बोलेका छैनन्।
तर न्यु बीबीसी साउन्ड्स पोडकास्टमा बोल्दै एक्काचाईले आफूहरू अलग भएको स्वीकार गरेका छन्। व्यक्तिगत जीवनबारे यो जानकारी दिनुपर्दा दुःख लागेको पनि उनले बताएका छन्।
तर उनीहरूबीच प्रेम सम्बन्ध टुटे पनि एकअर्काप्रति सम्मान कायम राख्ने र छोराछोरी मिलेर हुर्काउने सहमति भएको बताइएको छ। एजेन्सी
Shares

प्रतिक्रिया