पर्साबाट सशस्त्र प्रहरीले करीब ५८ लाख ६४ हजार ८ सय ३० रुपैयाँ बराबरको हिरा र सुनको गरगहना बरामद गरेको छ।
वीरगन्ज महानगरपालिका–१६ स्थित सीमा ईलाकाबाट शनिबार राति सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीगन्जले बरामद गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको कारालाइ जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको शंकास्पद बस्तु फेला परेको थियो। सो क्रममा थप खानतलासी गर्ने क्रममा ड्राइभरले कारलाइ भगाएका थिए।
सामान छाडी कार र ब्यक्ति फरार भएपछि बरामद गहना थप प्रमाणित गर्न आइतबार पर्सा स्थित सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सो गरगहनामा २२ लाख ५१ हजार ८ सय ४० रुपैयाँ बराबरको ७०.३७ क्यारेट हिरा र ३६ लाख १२ हजार ९ सय ९० रुपैयाँ बराबरको २४६.७३ ग्राम सुन रहेको छ।
बरामद गहना आवश्यक कारबाहीमा लागि सम्बन्धित निकायमा बुझाइएको डीएसपी थापाले बताए।
Shares

प्रतिक्रिया