ग्लोबल


साउदीमा युक्रेन-अमेरिकाबीच वार्ता हुँदै गर्दा रुसमा ‘ठूलो’ ड्रोन हमला

साउदीमा युक्रेन-अमेरिकाबीच वार्ता हुँदै गर्दा रुसमा ‘ठूलो’ ड्रोन हमला

रुस र युक्रेनबीच ३ वर्षदेखि युद्ध जारी छ।


नेपालखबर
फागुन २७, २०८१ मंगलबार १२:३०, काठमाडौँ

रुसको राजधानी मस्कोमा ‘ठूलो’ ड्रोन हमला भएको रुसी अधिकारीहरूले बताएका छन्। 

राति भएको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु र तीन जना घाइते भएको उनीहरूले बताएका छन्।

क्षेत्रीय गभर्नर आन्द्रेई भोरोबयेभले राजधानी बाहिरका विडनोये र डोमोडेडोभो सहरमा हताहत भएको बताएका छन्।

उनका अनुसार यस आक्रमणमा आवासीय भवनका सात अपार्टमेन्ट क्षतिग्रस्त भएका छन्।

मस्कोका मेयर सर्गेई सोब्यानिनले सहरतर्फ उडिरहेका ७३ वटा ड्रोन खसालिएको र ड्रोनको भग्नावशेषबाट एउटा भवनको छानामा क्षति पुगेको बताए।

आक्रमणपछि मस्कोको एक जिल्लामा रेल सञ्जाल निलम्बन गरिएको छ भने विमानस्थलमा उडान प्रतिबन्ध लागू गरिएको छ।

रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न युक्रेन र अमेरिकाका प्रतिनिधिहरूबीच साउदी अरबमा वार्ता हुने क्रममा यो आक्रमण भएको हो।

युक्रेनले यस विषयमा कुनै टिप्पणी गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad