ग्लोबल


पुटिनविरुद्ध एकजुट हुन युक्रेनका सहयोगीहरूलाई स्टारमरको आह्वान

पुटिनविरुद्ध एकजुट हुन युक्रेनका सहयोगीहरूलाई स्टारमरको आह्वान

बेलायती प्रधानमन्त्री केयर स्टारमर


नेपालखबर
चैत २, २०८१ शनिबार १८:५१, काठमाडौँ

बेलायती प्रधानमन्त्री केयर स्टारमरले विश्वभरका शीर्ष नेताहरूसमक्ष रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आज नभए भोलि वार्ताको लागि आउनैपर्ने दाबी गरेका छन्। 

यस क्रममा स्टारमरले नेताहरूलाई युक्रेनमा सम्भावित शान्ति सम्झौताको रक्षा गर्न तयार रहनुपर्ने पनि बताए।

रुस-युक्रेन युद्धबारे जारी भर्चुअल सम्मेलनमा उनले भने, ‘युक्रेनमा शान्ति सुनिश्चित गर्न हामीले कोष र अन्य सहयोगका साथ देशको रक्षालाई बलियो बनाउनुपर्छ।’

साथै स्टारमरले सम्भावित युद्धविराम सम्झौताका लागि युक्रेनका सहयोगीहरू एकजुट हुनुपर्ने र सम्झौताका सर्त रक्षा गर्न तयार हुनुपर्ने पनि बताए।

उनले थपे, ‘यदि पुटिन साँच्चै शान्ति चाहन्छन् भने यो धेरै सरल छ: उनले युक्रेनविरुद्ध क्रूर आक्रमण बन्द गर्नुपर्छ र युद्धविराममा सहमत हुनुपर्छ।’

युक्रेन युद्धबारे जारी भर्चुअल शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलगायत धेरै देशका नेताले भाग लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad