डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको टेलिफोन संवाद सुरु भएको ह्वाइट हाउसका अधिकारीले पुष्टि गरेका छन्। युक्रेनमा युद्धविरामको प्रयासस्वरुप उनीबीच कुराकानी भएको हो।
ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ ड्यान स्काभिनोले ट्रम्प हाल पुटिनसँग कुरा गरिरहेको बताएका हुन्।
ट्रम्प सत्तामा आएयता उनीबीचको यो दोस्रो सिधा कुराकानी हो। ट्रम्पले यसअघि आफू सो कुराकानीको प्रतीक्षामा रहेको बताएका थिए। उनले जमिन, परमाणु भट्टी र निश्चित सम्पत्ति बाँडटफाँटका लागि छलफल हुने उनले बताएका थिए।
टेलिफोन संवादभन्दा ठिकअघि पुटिन सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। उनले रुसी उद्योगपतिसँग अन्तक्र्रिया गरेका थिए।
युक्रेनमा युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई पुटिनले स्वीकार गरेका थिए। तर, त्यसका लागि केही सर्त उनले अघि सारेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया