ग्लोबल


छत्तीसगढमा २२ माओवादी मारिएको दाबी

छत्तीसगढमा २२ माओवादी मारिएको दाबी

भारतका गृहमन्त्री अमित शाह


नेपालखबर
चैत ७, २०८१ बिहिबार १९:४४, काठमाडौँ

भारतका गृहमन्त्री अमित शाहले छत्तीसगढका बिजापुर र कांकेरमा सुरक्षा बलसँग भएको मुठभेडमा २२ माओवादी मारिएको बताएका छन्।

उनले आफ्नो एक्स अकाउन्टबाट सो जानकारी दिएका हुन्। 

उनले लेखेका छन्, "आज हाम्रा सैनिकहरूले नक्सलमुक्त भारत अभियानको दिशामा अर्को ठूलो सफलता हासिल गरेका छन्। छत्तीसगढको बिजापुर र कांकेरमा हाम्रा सुरक्षा बलका दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सली मारिएका छन्।"

उनले मोदी सरकारले आत्मसमर्पण नगर्ने नक्सलवादीविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको पनि उल्लेख गरेका छन्।

गृहमन्त्री शाहले अर्को वर्ष मार्च ३१ अघि नै देश नक्सलवादीमुक्त हुने दाबी गरेका छन्।

यस भिडन्तमा जिल्ला रिजर्भ गार्डका एक जवानको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बस्तरका प्रहरी महानिरीक्षक सुन्दरराज पीका अनुसार अहिलेसम्म १८ जना माओवादीको शव बरामद गरिएको छ।

जनवरीदेखि अहिलेसम्म बस्तरमा ७२ माओवादी मारिएका छन्। प्रहरीले मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad