राजनीति


गिरिजालाई सम्झिँदै प्रचण्डले भने : उहाँको भरोसा र सुझावलाई कहिल्यै बिर्सन सक्दिनँ

गिरिजालाई सम्झिँदै प्रचण्डले भने : उहाँको भरोसा र सुझावलाई कहिल्यै बिर्सन सक्दिनँ

नेपालखबर
चैत ७, २०८१ बिहिबार १९:४८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस सार्वजनिक रूपमा स्मरण गरेका छन्। सामाजिक सञ्जालमा शान्ति सम्झौतामा हस्ताक्षरको फोटो राख्दै अध्यक्ष प्रचण्डले कोइरालाले दिएको सुझावलाई कहिलै नबिर्सने बताएका छन्।

'नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु,' प्रचण्डले लेखेका छन्, 'उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि मप्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन।'

उनले शान्ति सम्झौताका लागि दिएको सुझावअनुसार अन्तिम समयसम्म लडिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। 'त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ,' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad